अर्थमन्त्री डा युवराज खतिवडाले विजुलीबाट चल्ने गाडीले खपत गरेर नेपालमा उत्पादन भएको बिजुली सदुपयोग नहुने बताएका छन्।

बिनियोजन विध्येकमाथि उठेका प्रश्नको जवाफ दिंदै खतिवडाले गाडीलेमात्र खपत गरेर बिजुलीको सदुपयोग नहुने भएकाले औद्योगिक प्रयोगमा पनि ध्यान दिनुपर्ने बताएका हुन्।

singhadurbardaily feature

नाकाबन्दी पछि निजी सवारीलाई सरकारले १० प्रतशित भन्सारमा पारित गराउने व्यवस्था गरेको भएपनि अहिले पनि त्यही व्यवस्था राख्नुपर्छ भन्नेमा आफू नरहेको प्रष्ट पारे।

‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौ। त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ। त्यसमा हेरफेर गरिएको छैन। तर निजी प्रायोजनका लागि प्रयोग हुने सवारीको भन्सार दर त्यही १० प्रतिशत हुनुपर्छ भन्ने छैन। तर कति बनाउने भन्ने विषयमा छलफल गर्न सकिन्छ’ खतिवडाले भने।

singhadurbardaily feature