देशभरका स्थानीय तहले बुधबार आर्थिक वर्ष ०७७÷७८ को बजेट सार्वजनिक गर्दैछन् । 
संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले बुधबार  बजेट ल्याउन लागेका हुन् । 
संघीय सरकारले १५ जेठमा तथा प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गरिसकेका छन् । 
आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बजेट ल्याउन लागेका स्थानीय तह​हरुलाई यो वर्ष वित्तिय स्रोत व्यवस्थापनमा अझ बढी समस्या पर्ने देखिन्छ । 

कोरोना भाईरसको महामारीका बीच आउन लागेको बजेटले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताइएको छ । 
संघीय सरकारले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरसको संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्ने बताइउको छ । 
 रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न केन्द्रले यसअघि नै आग्रह गरिसकेको छ । 
देशका अधिकांश स्थानीय तहको आफ्नै श्रोत साधन नभएका कारण केन्द्रबाट आउने अनुदान नै बजेटको मुख्य स्रोत हो । 

singhadurbardaily feature
singhadurbardaily feature