९ साउन, काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ ।

विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो ।

तर नियामक निकायको पूर्वस्वीकृति लिएमा ऋणीको ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न सकिने विभागले जनाएको छ । यसरी थपिएको ऋणको हर्जना तथा कुनै अतिरिक्त शुल्क नलिनसमेत विभागले भनेको छ ।

कोभिड–१९ का कारण संस्थामा जोखिम बढेको भन्दै विभागले २ सदस्यीय जोखिम व्यवस्थापन कार्यदल गठन गरेर काम गर्न समेत सहकारीहरुलाई निर्देशन दिएको छ ।

सहकारीलाई कोभिड १९ को महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई पुनर्उत्थान गर्न उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमासहुलियतपूर्ण कर्जा÷पुनर्कर्जा दिन पनि विभागले निर्देशन दिएको छ ।

त्यस्तै संस्थागत खर्चमा मितव्ययिता अपनाउन र मितव्ययिताका लागि सदस्यलाई समेत अभिप्रेरित गर्न पनि सहकारीहरुलाई भनेको छ । त्यस्तै उद्यमशीलता अभिवृद्धि हुने गरी काम गर्न पनि सहकारीहरुलाई निर्देशन दिएको छ ।

विभागले नियामक निकायलाई प्रतिवेदन तथा पत्राचार गर्नुपर्दा विद्युतीय रुपमा प्रतिवेदन पेश तथा पत्राचार गर्न समेत निर्देशन दिएको छ ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन