काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड मारियानो डियाज कोरोना संक्रमित भएका छन् ।

रियल म्याड्रिडले मारियानोको सोमबार कोरोना परिक्षण गरिएको र परिणाम पोजेटिभ आएको जानकारी दिएको छ । मारियानोको स्वास्थ्य अवस्था ठिक रहेको र उनी स्वास्थ्य प्रोटोकल अनुसार आफ्नै घरमा आइसोलेसनमा रहेको रियल म्याड्रिडले जानकारी दिएको छ ।

म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिग खेल्नु अघि मारियानो संक्रमित भएका छन् । रियल र सिटीबीच अगस्त ७ मा यो खेल हुदै छ । पहिलो लिगमा सिटी २-१ ले अगाडी रहेको छ ।

कोरोना संक्रमित भएपछि अब च्याम्पियन्स लिगको खेलका लागि उनी रियल टिमबाट बाहिरिएका छन् ।

मारियानोले अन्य खेलाडी र स्टाफसँग आफ्नो सम्पर्क नभएको बताउदै सुरुवाती स्क्रिनिङमा नै पोजेटिभ देखिएको बताएका छन् ।

२६ बर्षिय मारियानो डोमिनिकन रिपब्लिकको राष्ट्रिय टिमबाट खेलेपनि पछि स्पेनको राष्ट्रिय टिमबाट खेल्न डोमिनिकन टिम छोडेका थिए । उनी स्पेनिस पिता र डोमिनिकन आमाबाट जन्मिएका हुनाले दुवै देशमा खेल्न पाउने भएकाले त्यसो गरेका थिए ।

यस सिजनमा रियलबाट मरियानोले केवल ७ खेल खेलेर एक गोल गरेका थिए । 

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन