काभ्रेको धुलिखेल अस्पताल ल्याउँदा २९ वर्षीया महिलाको मृत्यु भएपछि कोरोना संक्रमण आशंका गरिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण निर्क्यौल भएपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने जनाएको छ ।

मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत वैशाख २३ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएर २५ गते डिस्चार्ज भएकी थिइन् ।

singhadurbardaily feature

सिन्धुपाल्चोक घरमा गएपछि ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गरेको र स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा ती महिलाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

‘हामीले विस्तृत विवरण लिइरहेका छौं । कोभिड १९ सँग सम्बन्धित थप परीक्षण भइरहेका छन्, सम्पूर्ण विवरण प्राप्त भएपछि निर्क्यौल गरेर मन्त्रालयले प्रसारण गर्नेछ,’ उनले भने ।

singhadurbardaily feature