काठमाडौं। आफूकहाँ उपचाररत कोभिड-१९ संक्रमित पुरूषको मृत्यु भएको भन्ने समाचारको बुटवलको क्रिमसन अस्पतालले खण्डन गरेको छ।

विभिन्न सञ्चार माध्यममा गुल्मीका ती पुरूषको मृत्यु भएको भनेर आएको समाचार ‘गलत, भ्रमाक र अंतिरजीत’ भएको भन्दै त्यसको पछि नलाग्न अस्पतालले विज्ञप्ति जारी गरेर आग्रह गरेको हो।

singhadurbardaily feature

अस्पताल प्रशासनका तर्फबाट जारी विज्ञप्तिमा गुल्मीको मदाने गाउँपालिका- ६ का ४१ वर्षीय पुरूष अस्तपालमा उपचाररत रहेको बताइएको छ।

१ जेठमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याले आएका ती पुरूषको स्वाब संकलन गरी राष्ट्रिय गहुँबाली अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको बताउँदै अस्पतालले आईसीयू कक्षमा ‘भेन्टिलेटर सपोर्ट’ मा उपचार भइरहेको बताएको छ।

singhadurbardaily feature