नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित “नेपाली युवक” वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

सम्बन्धित भिडियो

भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा वाराणसि प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।

मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिए।

उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।

तर त्यसपछि उनी निष्क्रिय देखिन्छन्।

सम्बन्धित खबर : भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

को हुन् पीडितका रूपमा चित्रित व्यक्ति?

“नेपाली युवक”का रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।

यसअघि शनिवार बिहान एसपी पाठकले बीबीसीसँग भनेका थिए, “उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”

एसपी पाठकले भने, “आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।”

उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्।

“उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो,” एसपी पाठकले भने।

बनारस प्रहरीका अनुसार उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको छ।

एसपी पाठका अनुसार पैसा लिएर उनीहरूले अह्राएअनुसार गर्न स्वीकारेका थिए।

“ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्,” एसपी पाठकले भने।

यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्तिको हुन् भनेर सोधखोज गरेका थिए। उनीहरू मध्ये केहीले ती व्यक्ति घटना स्थल नजिकै बस्ने अवकाश प्राप्त सैनिक भएको प्रारम्भिक सूचना आएको बीबीसीलाई बताएका थिए।

भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली मूलका हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन बाँकी नै छ।

प्रहरीले पनि यसबारे केही बताएको छैन।

यसअघि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तिले प्रहरीलाई दिएको बयानमा ती व्यक्तिलाई नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका थिए।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन