अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ ।

त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन् । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि शुक्रबार भनेका छन्, ‘अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ ।’

पोम्पेओले भने, ‘चुनौती अझै बाँकी छ, तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।’

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन