कोरियन सेन्ट्रल न्युज अजेन्सी (KCNA) ले सार्वजनिक गरेको खबर अनुसार, किम जोङ उन हफ्तौँ पछी सार्वजनिक रुपमा प्रस्तुत भएका छन् । केही समय अघी उनको मृत्‍युको खबरले कोरोना भाईरसको कहर मध्यमा विश्वमा अर्को तरङ थपेको थियो जुन अहिले गलत पुस्टि हुन गएको छ।

केसिएनका अनुसार उत्तर कोरियाली शासक किम, निर्माण कार्य सम्पन्न भएको फर्टिलाइजर(मल) उद्योग उद्घाटनमा प्रस्तुत थिए । अप्रिल ११ पछीको यो उनको पहिलो सार्वजनिक कार्यक्रममा सहभागीता देखिएको हो । हृदयको सल्यकृया पछी किम.एल.सुङको जन्मोत्सव अप्रिल १५ मा नदेखिए पछी उनको मृत्‍यु भएको वा भएको हुनसक्ने जस्ता अड्कल बाजीको समाचारले निकै राम्रो बजार पाएको थियो । यस अघी अमेरिकाका राष्ट्रपती ट्रम्पले पनि यो खबर झुटो भएको र किम स्वस्थ भएको बाटएका थिए । उनको मृत्‍युको तथ्य हिन खबरसङै उत्तर कोरियाको नयाँ शासक, विश्व व्यवस्थामा यसको असर लगायतमा विमर्स भाईरहेका थिए भने केही अहिलेको तत्कालिन शासन तन्त्रको अन्त्य हुन्छ भनेर खुशी व्यक्त गरिरहेका थिए ।

singhadurbardaily feature

उत्तर कोरियाको सम्बन्धमा त्यस देशको आफ्नै आन्तरिक मिडिया तथा सन्जाल छ जुन बाहिरी दुनियाँको सन्जालबाट पृथक राखिएको छ। यही सुचना बिचको ( बाहिरी मिडिया र उत्तर कोरिया ) अन्तरले बेला बेलामा यो देशको सन्दर्भमा विभिन्न प्रकारका अरु अड्कल र भ्रमले ओत्प्रोत प्राय: खबर देख्ने गरिएको छ ।

रिउटरस्

singhadurbardaily feature