काठमाडौं : कोभिड १९ को प्रभावलाई लक्षित गर्दै विश्व बैंक समूहले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कोरोनाको प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि आर्थिक प्याकेज घोषणा गरेको हो । 
विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा कुल जनसंख्याको करिब ७०% प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन् । बैंकले उक्त रमक अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा दिने जनाएको छ । 
साथै, बैंकले मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको जनाएको छ ।

singhadurbardaily feature