काठमाडौं, साउन १ । बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् ।

अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनका बौद्ध भिक्षुहरुले प्राप्त प्राचीन मूर्तिहरु सार्वजनिक गर्न र प्राचीन बौद्धनगर साकेत घोषणा गर्न माग गर्दै आमरण अनशन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राम मन्दिर निर्माणको क्रममा त्यहाँ बुद्ध संस्कृतिसँग जोडिएको बुद्ध मूर्ति, अशोक धम्म चक्र, कमलफूल र अन्य अवशेष प्राप्त भएको जनाइएको छ ।

संगठनले प्राचीन बुद्ध नगरी साकेत वर्तमान अयोध्यामा राम मन्दिर निर्माण कार्य रोकेर युनेस्को संलग्न गरेर विवाद समाधान गर्न माग गरेको छ ।

वर्तमान अयोध्या बोधिसत्व लोमश ऋषिको बुद्धनगरी साकेत भएको दाबी संगठनले गरेको छ ।

भारतको सर्वोच्च अदालतले पुरातात्विक प्रमाणलाई बेवास्ता गर्दै राम मन्दिर बनाउने पक्षमा फैसला गरेकोमा असन्तुष्टिसमेत उनीहरुले जनाएका छन् ।

भारतीय पुरातत्व विभागले विगतमा उत्खखनन् गर्नक्रममा समेत बौद्धस्तूप, खम्बा, ढोकालगायतका बौद्ध सामग्रीहरु पाइएको जनाएको छ ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन