काठमाडौँ। बेलायतले हङकङसँगको सुपर्दगी सन्धि निलम्बन गरेको छ । पूर्व बेलायतको उपनिवेश रहेको हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेकोमा चीनसँगको विवादमा बढेपछि बेलायतले सोमबार हङकङसँगको प्रत्यर्पण सन्धि निलम्बन गर्ने गरेको बेलयाती सञ्चार माध्यमहरुले जनाएका छन् । 
 
आइतबार चीनले मानवअधिकारको घोर उल्लंघन गरेको आरोप लगाउँदै बेलायतका विदेश सचिव डोमिनिक राबले उक्त सन्धि निलम्बन गर्ने घोषणा गरेको टाइम्स र डेली टेलिग्राफ समाचारपत्रले जनाएको छ। 

यद्यपि बेलायतको विदेश कार्यालयले उक्त टिप्पणीलाई अस्वीकार गरेको समाचार माध्यम रोयटर्सले जनाएको छ।  त्यसैगरी, बेलायतका शिक्षामन्त्री गेविन विलियम्सनले पनि राबको उक्त भनाइको बारेमा अघिल्ला प्रतिवेदनहरूमा आएका टिप्पणीलाई अस्वीकार गरेका छन्।  तर उनले यदि बेलायत बेइजिङसँग असहमत भयो भने बेलयात चीन विरुद्ध बोल्न हरदम तयार रहेको उनले बताए।  

समाचार माध्यम स्काई न्युज सँग कुरा गर्दै विलियम्सनले, ’हामी चीनसँग काम गर्न चाहन्छौं र हामी सधैँ चीनसँगै काम गर्न चाहन्छौं । यो विश्वस्तरको एक महत्वपूर्ण खेलाडी हो। तर, चीनले गलत काम गरिरहेको छ भने यसको बारेमा हामी सधैँ बोल्नु पर्छ’ उनले बताए। यसैगरी उक्त सन्धिको बारेमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेलायतलाई गलत मार्गमा नजान आग्रह गरेका छन्।  

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन