११ साउन काठमाडौं । विश्वको सबैभन्दा चर्चित फुटबल लिग इंग्ल्याण्डको प्रिमियर लिगको जारी सिजन २०१९-२० को अन्तिम दिन आइतबार १० खेल हुँदैछन् ।

लिभरपुलले तीन दशकको पर्खाइपछि यस सिजनको उपाधि जितिसकेको छ । तर, आइतबार अन्तिम दिनको खेलको नतिजा पनि केही क्लबका लागि महत्वपूर्ण छन् ।

लिगरपुलले उपाधि पक्का गर्दै ट्रफी नै उचालिसकेको छ । साविक विजेता म्यानचेष्टर सिटीले पनि दोस्रो स्थान पक्का गरिसकेको छ । यी दुई टोली अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा पुगिसकेका छन् ।

तर आजको खेल शीर्ष चारमा पर्ने र रेलिगेसन जोगाउने क्लबका लागि महत्वपूर्ण छ । अंकतालिकामा पुछारमा रहेको नर्विच सिटी रेलिगेसनमा परिसकेको छ ।
आजको खेलहरुपछि शीर्ष चारमा पर्ने बाँकी दुई टोली र रेलिगेसनमा पर्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।

शीर्ष चारको दौडमा तीन क्लब छन् भने रेलिगेसनबाट बच्न पनि तीन क्लब नै संघर्षरत छन् ।

म्यानचेस्टर युनाइटेड, चेल्सी र लेस्टर सिटी शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिग पुग्ने होडमा छन् । युनाइटेड र चेल्सीको समान ६३ अंक छ भने लेस्टरको ६२ अंक छ । आज युनाइटेडले लेस्टर र चेल्सीले वल्भ्ससँग खेल्दैछ । धेरैको नजर याइटेड लेस्टरको खेलमा छ । किनकी दुवै टोली शीर्ष चारमा पर्ने होडमा छन् ।

यस्तै चेल्सी र लेस्टरबीचको खेलमा पनि नजर हुनेछ । युनाइटेड र लेस्टरले बराबरी खेलेमा र चेल्सी विजयी भएमा युनाइटेड र चेल्सी शीर्ष चारमा रहनेछ । यदी चेल्सी वल्भससँग पराजित भएमा र युनाइटेड र लेस्टरले बराबरी खेलेमा चेल्सी शीर्ष चारबाट बाहिरिनेछ । चेल्सीले बराबरी खेल्ने र युनाइटेडले जित हात पारेमा लेस्टर शीर्ष चारबाट बाहिरिनेछ ।

चेल्सीलाई हराउन सके वल्भ्स पनि युरोपा लिगको लागि प्लेअफमा छनोट हुनेछ । वल्भ्स पराजित भएमा र टोटनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेमा भने टोटनहम छैटौं स्थानमा उक्लँदै युरोपा लिगको लागि प्लेअफमा छनोट हुनेछ ।

प्रिमियर लिगमा अन्तिम चरणको १० वटै खेल एकै समयमा सुरु हुनेछ । नेपाली समय अनुसार सबै खेल राति ८:४५ मा सुरु हुनेछ । च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडसँग र दोस्रो स्थानको सिटीले रेलिगेसनमा परेको नर्विच सिटीसँग खेल्नेछ ।

उता रेलिगेसन जोगाउने होडमा एस्टल भिल्ला वाटफोर्ड र बर्नमाउथ छन् । यी तीनमध्ये दुई टोली रेलिगेसनमा पर्नेछ भने एक टोली प्रिमियर लिगमे रहनेछ ।

वाटफोर्डले आर्सनलसँग खेल्दैछ भने बर्नमाउथले एभरटन र एस्टनभिल्लाले वेष्टह्यामसँग खेल्दैछ ।

यस्तै साउथह्याम्पटनले शेफिल्ड युनाइटेड तथा ब्राइटनले बर्नलीसँग खेल्दैछ ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन