अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबीसहित चीन सरकारसँग जवाफ माग्ने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मतिबाट प्रस्ताव पारित भएको हो।

वासिङ्टन। चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको छ।

सिनेटमा सर्वसम्मतिबाट उक्त प्रस्ताव पारित भएको हो। अब उक्त प्रस्ताव अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा छलफलका लागि जानेछ।

singhadurbardaily feature

कोभिड-१९ को महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्ताव दुई देशको सम्बन्ध चिसिएको उदाहरण हो।

उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ।

चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।

बीबीसीका अनुसार गत वर्ष चीनले उक्त समुदायका करिब १० लाख जनालाई शिविरहरूमा राखेर उनीहरूको ‘ब्रेन वास’ गराएको आरोप लागेको थियो।

singhadurbardaily feature