असार १३ । प्रदेश पाँचमा सलह किरा प्रवेश गरेर क्षति पुर्याउने खतरालाई मध्यजनगर गर्दे प्रदेश सरकारले किरा समातेर ल्याउने किसानलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।

शनिबार आकस्मिक रुपमा बसेको प्रदेश पाँचको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय बिच भएको संयुक्त आकस्मिक बैठकले सलह किरा जम्मा गरि ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रदेश पाँचको कृषि विकास निर्देशनालयका प्रमुख यामनाराययण देवकोटाले जानकारी दिनुभयो । ‘‘सलह किरा एकै ठाँउमा बस्ने भएकाले समाउन सकिन्छ, यसले नियन्त्रणमा पनि भुमिका खेल्ने देखेर यस्तो निर्णय गरिएको हो,’’ बैठकबाटै देवकोटाले भन्नुभयो ।

singhadurbardaily feature

जहाँ सलह देखिन्छ त्यहाँ स्थानिय तहको समन्वयमा सबै किसानलाई जम्मा गर्ने र किरा समातेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ दरले रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । अब प्रसार प्रसार बढाउने गरि सुचना तयार गरिएको र रेडियो तथा अन्य संञ्चारमाध्यमबाट किसानहरुलाई सुचना दिन सुरु गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले हाल सम्म  प्रदेशका १२ जिल्ला मध्ये रुपन्देहिमा मात्रै सलह भेटिएको जानकारी आएको बताउदै सलह किरा भेटिने वित्तिकै स्थानिय तहलाई जानकारी गराउन आग्रह गर्नुभयो । अर्को विकल्प विषादिको प्रयोग भएकाले यसबारे पनि आवश्यक सर्कुलर गरिएको र विषादी पनि सिफारिस गरिएको निर्देशक देवकोटाले जानकारी दिनुभयो ।

singhadurbardaily feature