कैलाली, बैशाख ३१ । कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली मंगलबार राजधानीबाट दार्चुला उडेको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत दार्चुला उडेका हुन् ।

कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोलीसमेत आजै छाङरु पुग्ने जनाइएको छ ।

singhadurbardaily feature

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार एएफपीका जवानहरू नेपाली सेनाको हेलिकप्टरबाट ब्यासको छाङरुतिर लाग्नेछन्। छाङरु भारतीय क्षेत्रबाट एक किलोमिटर र चीनको १४ किलोमिटरको दूरीमा अवस्थित छ। पहिलो चरणमा २५ एपीएफ कर्मी , एपीएफ नेपाल इन्स्पेक्टर मिलि बहादुर चन्दको नेतृत्वमा खटाइनेछ।

singhadurbardaily feature