साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो । धेरैजसो प्रयोगकर्ताहरुले आफ्नो गोप्य पासवर्ड कसरी ह्याक भयो भन्ने कुरामा अनबिज्ञ रहेका छन् । तपाईको पासवर्ड कतिसम्म शक्तिशाली छ भन्ने कुरामा ध्यान नदिदाँ पासवर्ड चोरी हुने गरेको पाईन्छ ।

गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वा्धिक कमजोर पासवर्डहरूमा 123456, password, 123456789, 0123456789, 12345, 123123, sunsine, iloveu, princes, admin, welcome, 666666, abc123, monkey, 654321, password1 रहेका छन ।

singhadurbardaily feature

आफ्नो पासवर्ड राख्दा अंक अक्षर मिक्स गरेर राख्दा केहीहदसम्म शक्तिशाली हुने गर्दछ । क्यापिटल लेटर, स्मल लेटर, अंक र अन्य चिन्हहरुको प्रयोग गरि १० देखी १२ वटा अक्षरको शब्द प्रयोग गर्नुपर्दछ ।

आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको इमेल र फोन नम्बर तपाईं आफ्नो नियन्त्रणमा हुनुले आफ्नो गोपनियता चोरी हुनबाट बच्न सकिन्छ ।

singhadurbardaily feature