काठमाडौं : सेयर बजार खुला गर्न लगानीकर्ताका संगठनहरु सहमत भएका छन् । नेपाल धितोपत्र बोर्डमा शुक्रबार भएको छलफलमा लगानीकर्ताका प्रतिनिधिहरुले सेयर बजार खुलाउन सहमति जनाएका हुन् । नेप्सेको अनलाइन प्रणाली (नट्स) मा केही सुधार भएको त्यस अवसरमा जानकारी दिइएको छ । जसका कारण लगानीकताले घरमै बसेर सेयर कारोबार गर्न सक्नेछन् ।

सेयर खरिदबिक्रीको भुक्तानी गर्न सकिने निष्कर्ष पनि निकालिएको छ । अब क्रमशः सुधारका कार्यक्रम अघि बढाउँदै जाने भनिएको छ । गानीकर्तालाई प्रशिक्षित गर्ने र जतिसक्दो छिटो सेयर कारोबार खुला गर्न नियामक नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय पनि लगानीकर्ताहरुले गरेका छन् । 
 सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सेयर बजार खुला गर्न सहमति भएको बताए । तर बजार कुन दिनबाट खुल्छ भनेर यकिन भइसकेको छैन । आगामी साताबाट खुल्न सक्ने सम्भवाना रहेको उनले बताए । बजार खुला गर्ने औपचारिक निर्णय धितोपत्र बोर्डले गर्नेछ । बोर्डले नेप्सेलाई बजार खुला गर्न निर्देशन दिनेछ । लगानीकर्ताका सबै संगठनका प्रतिनिधिहरु छलफलमा सहभागी थिए । 

singhadurbardaily feature
singhadurbardaily feature