रुपन्देही – बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका ३ काे माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको थियाे । यस सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

singhadurbardaily feature

अविरल वर्षाकाे कारण माथिबाट खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

singhadurbardaily feature