महामारीको जोखिम कम गराउन श्पर्शरहित सेवालाई प्राथमिकतामा राखेका छौं — प्रमुख प्रशासकीय अधिकृत अर्याल

साउन १, काठमाडौं । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ् प्रयोगमा ल्याउने तयारी अन्तिम तयारीमा पुगेको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन (एएफसि) प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रस्तुति गरेका छन् ।

प्रस्तुतिपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — कोभिड — १९ को जोखिमबाट अझै पनि हामी मुक्त हुन सकेका छैनौं । जनजीवनलाई सहज बनाउन सञ्चालन गरिने सार्वजनिक यातायातलाई सुरक्षित राख्न प्रबिधिमा आधारित श्पर्शरहित बनाउने प्रयास गर्दैछौं । यसका लागि निजी क्षेत्रले देखाएको उत्साहलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

अहिले सञ्चालनमा ल्याउन लागिएको प्रणालीलाई बैङ्कहरुले उपलब्ध गराउने एटिएम कार्डसँग जोड्न सके प्राबिधिक रुपमा सेवा बलियो हुने महानगरका सहसचिव राजेश्वर ज्ञवालीको सुझाव छ । एटिएममा एउटा चिप्स थपेर प्रणाली जोड्न सकिन्छ । अन्तरराष्ट्रिय अभ्यास पनि यस्तै छ, उहाँको भनाइ छ । भाडा भुक्तानीसँगै यातायात व्यवस्थापनलाई प्रबिधिमा आधारित बनाउन लैजान पाए काठमाडौंमा ट्राफिक व्यवस्थापन सहज हुने थियो । त्यस क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालको भनाइ थियो ।

सार्वजनिक यातायातको टिकटलाई बिद्युतीय बनाएपछि बालबालिका, बिद्यार्थी, जेष्ठ नागरिक लगायत कुन बर्गका मानिस यात्रा गर्छन्? कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ । सूचना प्राप्त हुन्छ । त्यस्तै हरेक यात्रुले तिरेको रकम सिधा बैङ्क खातामा जम्मा हुन्छ । त्यस्तै संकलित रकम हरेक दिन बेलुका स्वचालित प्रणालीबाट जसको भागमा जानु पर्ने हो । यसको बैङ्क खातामा जम्मा हुन्छ ।

फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालकाअनुसार सार्वजनिक सवारी चल्ने अवस्था आउनासाथ काठमाडौंको चक्रपथसहित ५ वटा मुख्य रुटमा चल्ने ३०० वटा बसमा प्रणाली परीक्षण गरिनेछ । उहाँकाअनुसार काठमाडौंका बिभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको छ । ती कम्पनीसँग करीब १२ सय बस छन् ।

प्रणाली सञ्चालन गर्न महानगरले साझेदारहरुसँग समन्वय गरिरहेको छ । सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — भुक्तानी प्रणालीका लागि राष्ट्र बैङ्क, सवारी साधनमा प्रणाली जडान गर्न यातायात व्यवस्था बिभाग, नियमन र अनगुमन गर्न ट्राफिक प्रहरी, वुथ राख्ने ठाउँ र नागरिकको सेवा व्यवस्थापन गर्न काठमाडौं महानगरको अनुमति चाहिन्छ । कुँवर भन्नुहुन्छ — यी सवै कार्यालयहरुसँग महानगरले समन्वय गरिरहेको छ ।

कसरी सञ्चालन हुन्छ भाडा भुक्तानी प्रणाली

यो प्रणाली बसमा जडान हुनेछ । बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट्याव गर्दा स्वतः उसको यात्रा दुरी कायम भएर यातायात व्यवस्था बिभागले तोकेको भाडा काटिन्छ । यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रवन्ध मिलाइने छ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट बिद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ ।

बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा ५ सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै बसभित्र रहेको मेसिन बैङ्क र मोवाईल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ ।

प्रणालीमा संकलन भएको रकम हरेक दिन साँझ स्वतः ब्यवसायीहरुको बैक खातामा जम्मा हुन्छ । यो प्रणालीलाई फिनटेकले भारतको बैङ्लोरस्थित ओम इन्फोटेकसँग प्राबिधिक साझेदारिता गरेको छ ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन