२ करोड ५० लाख लागतमा बाँसबारीमा ‘पर्यावराणीय पार्क’ बन्ने भएको छ।

२२ वर्षअघि २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भएपनि अलपत्र रहेको बाँसबारीको महापुर पाखामा ‘पर्यावराणीय पार्क’ निर्माण हुने भएको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बाँसबासी वडा नं.३ मा ‘बाँसवारी इको पार्क’को शिलान्यास गरेका हुन्।पार्क निर्माणको प्रक्रिया अघि बढिसकेको वडा अध्यक्ष दिपक केसीले जानकारी दिए।

पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए।

बाँकी दोश्रो चरणको काम सम्पन्न गर्न महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको छ।
समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले जानकारी दिए।

दोस्रो चरणको योजनामा किरिया पुत्री भवन र पार्क निर्माण गरिने महानगरपालिकाको भनाई छ।

पहिलो चरणको काम २०७७ मंसिर मसान्त सम्ममा सम्पन्न गर्ने र दोस्रो चरणको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको केसीले जानकारी दिए।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले जानकारी दिइन्।

पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राखेर थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको उनले बताइन्।

‘यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ। पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ। बालबालिकाहरुलाई खेल्न मिल्ने उद्यान समेत यहाँ रहने छ’, उनले भनिन्।

बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न मेयर शाक्यले आग्रह गरे।

‘तपाईंहरु (महानगरवासी)ले १ सयमा ८०, ९०, ६०, ३०, २० जति दिने हो दिनुहोस्, त्यो तपाईंहरुको जिम्मामा छ, हामी सकेसम्म महानगरवासीका सपना पूरा गर्ने गरी लागेका छौँ,’ उनले भने।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन